News Griha :: न्यूजगृह
बासस्थानमै छोडियो हुचिल

गोरखा डिभिजन वन कार्यालयले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ ।

जेठ १८ गते सहिद लखन गाउँपालिका– ६  का २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझ प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालयका वन अधिकृत विनोद गायकले बताए । 

हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालतले निर्देशन दिएपछि सहिद लखन गाउँपालिकाको तामली भीरमा लगेर हुचिललाई उसकै बासस्थानमा छाडिएको उनले बताए ।

नेपालको पहाडी भेगमा पाइने प्रजातिको हुचिल तराई भेगमा पाइने हुचिल भन्दा ठूलो हुने गायकको भनाइ छ । नेपालमा पाइने २३ प्रजाति हुचिलमध्येनौ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए । नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ । हुचिलसहितपक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १०:२०
Weather Update