कांग्रेस सभापति देउवा सिङ्गापुर जाँदै

काठमाडौं— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार सिङ्गापुर जाँदैछन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्याको उनले सिङ्गापुरमा उपचार गर्दै आएका छन् । फलोअपका लागि देउवा सिङ्गापुर जान लागेका हुन् ।
सचिवालयका अनुसार देउवासँगै पत्नी आरजू राणा पनि सिङ्गापुर जाँदैछन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०९:४२