News Griha :: न्यूजगृह
इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं—  इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

चार पटक प्रधानमन्त्री बनेका बर्लुस्कोनीको फोक्सोमा संक्रमण भएपछि उनलाई सान राफेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको बीबीसीले जनाएको छ ।

उनको निधनमा इटालीमा बुधबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार नै उनको अन्त्येष्टि गरिने छ । 

उनको निधनमा विश्वभरका विभिन्न नेताहरूले समवेदना प्रकट गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ लगायतका विभिन्न देशका राष्ट्र प्रमुख तथा नेताहरूले उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको समेत सामना गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०९:१८
Weather Update