News Griha :: न्यूजगृह
आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं— आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।

आईजीपीको दौडमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

यो पनि

जो छन् आईजीपीको दौडमा

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:३४
Weather Update