News Griha :: न्यूजगृह

काठमाडौं— काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् । 

सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबीच विवाद सिर्जना भएको हो । 

mahanagar-dozer-anamnagar-31686552735.jpg

एकपक्ष स्थानीयहरू वर्षौँदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरूबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ । 

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरूले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् । 

mahanagar-dozer-anamnagar-41686552735.jpg

महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर, विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ । 

स्थानीयहरूले वडा कार्यालय बाहेकका अन्य कुनैपनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले भने स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ । 

mahanagar-dozer-anamnagar-21686552736.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:३२
Weather Update