रक्तश्रावबाट थलिएकी गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार, सुर्खेतमा उपचार जारी

हुम्ला— सर्केगाड गाउँपालिका– ७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो ।
गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।
यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ११:३५