ट्याङ्करबाट पानी वितरण

महोत्तरी— पानीका स्रोत कम भएपछि जलेश्वर नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ ।
धारा, चापाकल र अन्य स्रोतबाट पानी आउन छाडेको नगर प्रमुख सुरेश साह सोनारले बताए । नगरपालिकामा १२ वटा वडामा १२ हजार तीन सय ८० घरधुरी छन् ।
मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताउँछन् । स्थानीयका अनुसार जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको थिएन ।
उत्तरी क्षेत्रमा रहेको बर्दिबास , गौशाला, भङ्गाहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा समेत पानीको समस्या भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ११:०३