News Griha :: न्यूजगृह
नेपाल एउटा सुन्दर स्यान्डवीच हो, कुनै पनि समय खाइन सक्छौँं : उपसभामुख रानामगर 

काठमाडौं— उपसभामुख इन्दिरा रानामगरले जलवायु परिर्वतनको असरका कारण नेपाल ठुलो संकटमा पर्दै गएको टिप्पणी गरेकी छन् । 

ललितपुरको यूएनपार्कमा विश्व वातावरण दिवसको सन्र्दभ पारेर आयोजित सरसफाइ कार्यक्रममा उनले शक्तिशाली देशको बीचमा रहेको नेपालमा आफ्नो कारणले भन्दा अरूको कारणले जलवायु परिर्वतनको क्षेत्रमा धेरै क्षति पुगेको र त्यस्तो क्षतिबाट बच्न आवश्यक कानुन निर्माण हुन आवश्यक रहेको बताइन् । 

‘न्युक्लियरको कुरा पनि छ, न्युक्लियरले पनि जलवायुलाई कुहाउने काम गर्छ, जस्तै क्यान्सरको उपचार हुन्छ । यसमा पनि नेपालले आफूमा भएको स्रोतलाई कसरी प्रयोग गर्न सकिन्छ र त्यसको कानुन बनाउनुपर्छ,’ उनले भनिन् ‘ऊर्जा ऐजेन्सी अमेरिकाबाट आउनुभएका मानिसहरूसँग मैले यही कुरा गरेको थिए । नेपालमा तत्कालै हामीलाई कानुनको आवश्यकता छ, किनभने हामी दुईवटा शक्तिशाली देशको बीचमा रहेको एउटा राम्रो स्यान्डवीच हो, कुनै पनि समय हामी खाइन सक्छौँ, त्यसले गर्दा देशको लागि कानुन भयो भने न्युक्लियर आयात गर्दा कसैलाई क्षति भयो भने जसले ल्याएको हो त्यो देशले व्यहोर्नुपर्छ ।’

उनले जलवायु परिर्वतनको असरबाट बच्न आवश्यक कानुन निमार्ण हुनुपर्नेमा जोड दिइन् । 

त्यस्तै, जलवायु परिर्वतनको असरका कारण नेपाल सबैभन्दा धेरै मारमा परेको र महिलाहरूले त्यसबाट धेरै दुःख पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १०:५२
Weather Update