News Griha :: न्यूजगृह
अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं— अर्थ र राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बस्दै छ । अर्थ समितिको बैठक बिहान १० बजेबाट सुरु हुनेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा एकीकृत निर्वाचन कानुन तर्जुमा सम्बन्धमा, जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:३१
Weather Update