News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिए ।

Prabhu Bank

आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने तथा दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णयसमेत गरिएको उनले बताए ।

आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०८:५९
sagarmatha cementsagarmatha cement
Weather Update