News Griha :: न्यूजगृह
माओवादीले गण्डकी सरकारको समर्थन फिर्ता लिने 

पोखरा— नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०८:२९
Weather Update