News Griha :: न्यूजगृह
प्रकाशमान सिंह भन्छन्– कांग्रेस विधिसम्मत् चलेन

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढंगले चल्न नसकेको बताएका छन् ।

नेपाल ट्रेडयुनियन कांग्रेस बाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत् ढंगले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ठ्यारोमा परेको बताएका हुन् ।

‘प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन । विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,’नेता सिंहले भने ।

ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:२४
Weather Update