News Griha :: न्यूजगृह
शिक्षा क्षेत्रमा बजेट पुगेन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय दक्षिण एशिया शिक्षक सम्मेलनमा उनले सरकारले राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा छुट्याएको भन्दै त्यो प्रयाप्त नभएको बताएका हुन् ।

उनले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको भन्दै नेपालमा मात्रै नभइ विश्वभरी नै शिक्षा क्षेत्रलाई सरकारले कम बजेट छुट्याउने गरेको टिप्पणी गरे ।

शिक्षा क्षेत्रको विकासबिना देशको समग्र विकासमा समस्या हुने उनको भनाइ छ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको उनको तर्क छ  ।

सरकारले शिक्षकको वृद्धि विकासका लागि धेरै खाले तालिम, वर्कशप र सेमिनार लगायत सञ्चालन गरिरेहको भन्दै उनले भावीपुस्तालाई सक्षम रूपमा निर्माण गर्न शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए । शिक्षा जीवनका लागि हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २०:२३
Weather Update