News Griha :: न्यूजगृह
खतिवडा भन्छन्– एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो

काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए ।

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसदमा फेरि पनि कुरा उठाउने बताए ।

उनले भने,‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ । एक छिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ । किन भन्दा जलहरीको सुन हरायो रे । ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ । त्यो बारेमा छलफल गर्नै छ । उहाँहरूले संसदलाई अनिर्णयको बन्दीजस्तो बनाउन खोज्नुभयो । भैंसी–राँगाको कुरा गर्ने स्थल, जलहरीको कुरा नगर्ने स्थल बनाउन खोज्नु हुन्छ । यसमा हाम्रो विरोध छ ।’

सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुुनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:३४
Weather Update