बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् ।
सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् ।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढने बताए ।
उनले भने,‘सरकार ढल्दैन । बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्रका केही गुनासोहरूको विषय छलफल भइरहेको छ ।’
सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारी हल गर्दै जानुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १८:२६