
काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय दक्षिण एशिया शिक्षक सम्मेलनमा उनले सरकारले राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा छुट्याएको भन्दै त्यो प्रयाप्त नभएको बताएका हुन् ।
नेपालमा मात्रै नभई विश्वभरि नै शिक्षा क्षेत्रलाई सरकारले कम बजेट छुट्याउने गरेको टिप्पणी श्रेष्ठले गरे । शिक्षा क्षेत्रको विकास विना देशको समग्र विकासमा समस्या हुने उनको भनाई छ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भिर रहेको श्रेष्ठको तर्क छ । सरकारले शिक्षकको वृद्धि विकासका लागि धेरै खाले तालिम, वर्कसप र सेमिनार सञ्चालन गरिरहेको भन्दै श्रेष्ठले भावीपुस्तालाई सक्षम रुपमा निर्माण गर्न शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।
शिक्षा जीवनका लागि हुनुपर्ने उनको भनाई छ ।