साहको आम आदमी र माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं— प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ ।
आज बिहान ११ बजे अनामनगरस्थित एक होटलमा एकतासभाको आयोजना गरिएको प्रवक्ता चन्द भूषण साहले जानकारी दिए ।
नेकपा एमाले परित्याग गरी अलगै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ ०७:३३













