
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि उनीविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
सोही क्रममा दाहालका द्वन्द्वकालीन सहयात्री पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री दाहालको धार्मिक यात्राविरुद्ध बारम्बार आलोचना गरिरहेका छन् । भारतको महाकालेश्वरपछि दाहालले पशुपतिनाथको दर्शन गरेपछि बाबुरामले कटाक्ष गरेका हुन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसमेत रहेका डा.भट्टराईले दाहालको उक्त धार्मिक यात्रालाई ‘नयाँ सांस्कृतिक क्रान्ति’ भनी प्रश्न गरेका छन् ।
अध्यक्ष डा.भट्टराईले दाहालका धार्मिक गतिविधिका तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्,‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र सांस्कृतिक नक्सा’ ?? एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो । तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’
नयाॅ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??एक्लै कोही कुनै धार्मिक स्थल जाॅदा प्रश्न उठउन मिल्दैन;त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ! pic.twitter.com/tzr346eyQY
— Baburam Bhattarai (@brb1954) June 10, 2023