News Griha :: न्यूजगृह

भक्तपुर नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन्  ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताए । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको जिकिर अध्यक्ष नेपालले गरे ।

उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’ फरक प्रसङ्गमा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए । उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसि नरहने जिकिरसमेत गरे । 

 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १९:४३
Weather Update