
काठमाडौं— पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नोविरुद्ध नकारात्मक चर्चा गर्नेहरूलाई ‘आगोसँग खेल्ने’ कोसिस नगर्न चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा किरातीले आफुले घुस नलिएको कारण नै मन्त्री पदबाट बर्खास्त हुँदै छ भन्ने चर्चा चलेको भन्दै आगोसँग खेल्ने कोसिस नगर्न चेतावनी दिएका हुन् ।
उनले भने, ‘अहिले प्रायोजित ढङ्गले मेरो विरुद्धमा हल्ला चलेका छन् । मन्त्री पदबाट बर्खास्त हुँदै छ भनेर, यो सबै चर्चा र परिचर्चा मैले घुस नखाँदा भएको हो । म घुस त खान्न खान्न, खान दिन्न भन्दा चर्चा भएको हो । आगो बन्छु तर, अन्याय म सहन्न दुई दिन बस्छु । तर, पापी बनेर घुस खाएर म बस्दिन । कार्यक्रमबाट तिनीहरूलाई चेतावनी दिन चाहन्छु । गम्भीरताका साथ कान खोलेर सुन्न आग्रह गर्न चाहन्छु तपाईंहरू आगोसँग खेल्ने कोसिस नगर्नुहोस् सत्य कहिले डग्दैन ।’
मन्त्री किरातीले देश र जनतालाई धोका दिने काम कहिल्यै नगर्ने दाबी समेत गरे ।