News Griha :: न्यूजगृह

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठानेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित पार्टीको प्रजातान्त्रिक भूतपूर्व सैनिक प्रथम महाधिवेशन अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले भ्रमणको मुखैमा देशको भूभाग समेत अंकित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न समेत नसकेको बताए । 

उनले भने, ‘देशको जिम्मा लिएका राजनीतिक दलहरू र व्यक्तिहरूको क्रियाकलाप कस्ता छन् ? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठान्न थालेका छन् । आफ्नो भ्रमणको मुखैमा देशको भूभाग समेत अंकित गरेर छिमेकी आफ्नो नक्सामा प्रकाशित गर्दा किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ ।’ 

अध्यक्ष लिङ्देनले महाधिवेशनले प्रत्येक आम जनसमुदायको विश्वास बढेको भन्दै अब पार्टी अघि बढ्न कसैले रोक्न नसक्ने टिप्पणी गरे । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १८:०९
Weather Update