प्रधानमन्त्री प्रचण्डको गुनासो : जुनसुकै कार्यक्रममा पनि भाषण नै बढी भयो

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै कार्यक्रममा पनि भाषण नै बढी हुने गरेको गुनासो गरेका छन् ।
शनिबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित नेपाल अर्केष्ट्रा– ११४३ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भाषणले हरेक कार्यक्रमको महत्व कम गरिदिने गरेको बताए ।
उनले भने, ‘हामीहरूको प्रचलन के भएको छ भने जुनसुकै कार्यक्रममा पनि भाषण धैरै हुने । भाषणले जे कार्यक्रम हो त्यसको महत्वलाई नै कम गर्दिने गरेको छ । त्यसैले म भाषण गर्दिन । नेपाल सरकारको तर्फबाट ज्यापू महागुठीको लागि र संगीतको लागि पूर्ण रूपमा सहयोग हुनेछ ।’
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० १८:०६