News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसकेको ‘युक्रेनको वार’ले हो ? भन्दै प्रश्न गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले भने, ‘युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको ? प्रचण्डजीको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’

देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै अध्यक्ष ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको युद्ध देखाइरहेको आरोप लगाए । उनले भने, ‘अहिले कोभिडको मारले यताउता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो कि धुवाँ उडायो ? के गरेको छ ?’

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:२६
Weather Update