बाग्मतीका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदै

हेटौंडा— बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्यार विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसभित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधबार बोलाइएको बैठक स्थगित हुन पुगेको थियो ।
नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधबार बोलाइएको बैठक सारेर शुक्रबार डाकिएको हो ।
शुक्रबार डाकिएको बैठकबाट भने पुनः विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ ०६:२१