प्राधिकरणले गर्यो तीन पाइलटलाई निलम्बन

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ । पाइलटहरूले उडान नियम उल्लंघन गरेको जनाउँदै प्राधिकरणले अर्को सूचना जारी नहुन्जेलसम्मका निलम्बन गरेको हो ।
प्राधिकरणले भनेको छ,‘उडान सुरक्षासम्बन्धी नियमहरू उल्लंघन गरेका तीन हेलिकप्टर कम्पनीका तीन जना क्याप्टेनहरूलाई अर्को सूचना जारी नहुन्जेल ड्युटीबाट निलम्बन गरिएको छ ।’
प्राधिकरणको भनाइमा एक जना पाइलटले काठमाडौं–लुक्ला उडानका क्रममा एअर ट्राफिक कन्ट्रोलर (एटिसी)सँग अश्लिल शब्द बोलेका थिए । त्यसैले उनलाई निलम्बन गरिएको हो । त्यस्तै अन्य दुई कम्पनीका दुई पाइलटहरूले उडान सुरक्षा मापदण्ड उल्लंघन गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ २२:०६













