
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, ठूलो गोलभेँडा भारतीय न्यूनतम प्रतिकेजी ५० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८ रुपैयाँ, रातो आलु (मुडे) ४०, सेतो आलु ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ४०, मकै बोडी ५०, लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०,भटमास कोशा १२०, मटरकोसा १६०, तिते करेला ३०, लौका ५०, परबर लोकल ७०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौँला ४०, भिण्डी ६०, इस्कुस ५०, बरेला९०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००, कुरिलो २००, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग १००, पालुङ्गो साग १००, मेथीको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०, दसहरी आँप ९०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, फुजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।