पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं— पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ।
भेरी नगरपालिका १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डव र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोदको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरूको शुक्रबार डुबेर मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० ०६:३६