News Griha :: न्यूजगृह
प्रधानमन्त्री विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा हुनुहुन्छ : एमाले सचेतक बर्ताैला

काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री दाहाल देशको हित नभइ विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उनकाे दाबी छ ।

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको बताए ।

‘प्रधानमन्त्रीको ध्यान पनि जनताको विषयमा होइन, देशको विषयमा होइन, देशको हितमा होइन,विदेशी प्रभूहरू रिझाउने, सत्ता टिकाउनेमा छ । व्यक्ति–व्यक्तिका पछिपछि लागेर हिँड्ने तर देशको पक्षमा काम नगर्ने प्रवृत्ति सरकारमा छ,’ बर्ताैलाले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २२:००
Weather Update