News Griha :: न्यूजगृह
सनातन संस्कृतिमा शिखा र सूत्रको महत्त्वपूर्ण योगदान

काठमाडौं— सनातन संस्कृति शिखा र सूत्रको महत्त्वपूर्ण स्थान रहेकामा जोड दिइएको छ ।

अनुसन्धान व्यवस्थापन एकाइ वाल्मीकि विद्यापीठले शुक्रबार आयोजना गरेको ‘सनातन संस्कृतिमा शिखा र सूत्र (यज्ञोपवीत) को महत्त्व एवम् यसको मनोवैज्ञानिक प्रभाव’ विषयक गोष्ठीका वक्ताले शिखा र सूत्रको वैज्ञानिकरूपमा समेत महत्त्व रहेकामा जोड दिएका छन् ।

व्यक्तिको तेजवृघि र नकारात्मकता हटाएर सकारात्मक गुणको विकासका लागि शिखा एवम् सूत्रले योगदान गर्ने वक्ताको भनाइ थियो । कार्यक्रममा उपप्राध्यापक डा.माधवप्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा.देवमणि भट्टराई र संस्कृतिविद् चिन्तामणि योगीले टिप्पणी गरेका थिए ।

उनीहरूले मुस्लिम र क्रिश्चियनले आफ्ना संस्कार नछोड्ने गरेको उल्लेख गर्दै सनातन धर्मावलम्बीले पनि स्वत्व छोड्नु नहुनेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:०७
Weather Update