News Griha :: न्यूजगृह
गगन भन्छन्– कांग्रेस ठिक ठाउँमा उभिए मात्र विधिको शासन र सर्वोच्चता रहन्छ

चितवन— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठिक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार भरतपुरमा सम्बोधन गर्दै थापाले कांग्रेस ठिक ठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले भने,‘कांग्रेस ठिक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन ।’

पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उनले यसमा डीएलएको सहयोग आवश्यक रहेको बताए । पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने,‘क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:२०
Weather Update