News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणको थप अनुसन्धान जारी रहन्छ :  उपप्रधानमन्त्री श्रेष्ठ 

काठमाडौं— उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी काण्डका आरोपितहरू अदालतबाटसमेत उम्कन नसक्ने विश्वास व्यक्त गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशङ्कासहित शुक्रबार आफूलाई भेट्न गृह मन्त्रालय पुगेका डा सञ्जीव उप्रेतीसहितका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै श्रेष्ठले शरणार्थी प्रकरण सम्बन्धी थप अनुसन्धानलाई जारी राखिने बताए । 

उनले भ्रष्टाचार नियन्त्रण तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि नागरिक आन्दोलनले सडक मै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए। 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:२६
Weather Update