
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता फैलाउनलेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा आफ्ना नेताहरूलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रमण गरेको तर, सरकारले कुनै कारबाही नगरेको भन्दै एमाले सांसदहरूले प्रश्न उठाएपछि उनले पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने चेतावनी दिए ।
उनले अराजक गतिविधि गर्ने सार्वजनिक संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने काम गर्ने कसैलाई सरकारले छुट नदिने दृढता व्यक्त गरे ।
उनले भने, ‘अराजक गतिविधि गर्ने । सार्वजनिक संथाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने । अराकपूर्वक काम गर्ने सरकारले कसैलाई छुट दिने छैन । कारबाहीको कानुनी दायरामा ल्याउन सरकार दृढ छ ।’
‘आन्दोनकारीहरूले विषयवस्तु ठिक ढङ्गले प्रस्तुत गर्न नसक्दा संघीयतामाथि आक्रमण भयो । सरकारले बल प्रयोग गर्न नपरोस्,’ उनले भने । उनले अराजकता मच्चाउनेहरूलाई राजनीतिक पार्टीहरूले संरक्षण नगर्न आग्रह गरे ।