सत्तारूढ एसका उपाध्यक्ष पाण्डेको चेतावनी : यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ

काठमाडौं— नेकपा एकीकृत समाजवादी (एस)का उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारले ल्याएको बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा सरकार नै छोड्न परे पनि पास गर्न नदिने चेतावनी दिए ।
समाजवादी प्रेस संगठनको काठमाडौंमा सुरु प्रथम राष्ट्रिय महाधिवेशनमा उनले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएकोप्रति आक्रोश पोखे । बरु सरकार नै छाड्न आफ्नो पार्टी तयार रहेको तर, यथास्थितिमा बजेट पास गर्न नदिने उनले चेतावनी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १२:४३