आइतबार विद्यालय कर्मचारीले माइतीघरमा थाल ठटाउने

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारलाई दबाब स्वरूप आइतबार काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रमको आयोजना गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले माग पूरा नगरेको भन्दै परिषद्को अगुवाइमा देशभरका विद्यालय कर्मचारीहरू आन्दोलित छन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत नै परिषद्ले आइतबार काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रम आयोजना गरेको हो ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले न्यूजगृहसँग भने,‘सरकारलाई दबाब दिनका लागि हामीले आइतबार (२८ जेठ) थाल ठटाउने कार्यक्रमको आयोजना गरेका छौं । नयाँ बानेश्वरदेखि थाल ठटाउँदै माइतीघर मण्डलामा पुगेर कोण सभा गर्नेछौं ।’
अध्यक्ष तिवारीले कोण सभालाई सम्बोधनका लागि विभिन्न पार्टीका नेताहरूलाई पनि आमन्त्रण गरिएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ०९:५२