News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री 

काठमाडौं— संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा शुक्रबार पनि बजेटमाथि छलफल जारी रहने भएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजे  सुरु हुने छ ।

सरकारले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमाथि सांसदहरूले आआफ्नो राय प्रस्तुत गर्दै आएका छन् ।

शुक्रबार पनि बजेटमाथि राष्ट्रिय सभाका सांसदहरूले धारणा राख्ने र उठेको प्रश्नहरूको जवाफ अर्थमन्त्री डा.प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद् सचिवालयको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०९:१८
Weather Update