News Griha :: न्यूजगृह
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै   

काठमाडौं—  निर्वाचन आयोगले आज शुक्रबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाएको छ ।

आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा निर्वाचन आयोगको कार्यालय खारेज गर्ने सरकारको निर्णयलगायत विभिन्न विषयमा छलफल गरिने छ ।

गत १५ जेठमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट भाषण गर्दै सबै निर्वाचन कार्यालयहरू खारेजी गर्ने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०९:०५
Weather Update