News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले सदनमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने 

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले ‘महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९’ पेश गर्ने तथा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:४३
Weather Update