विद्यालय कर्मचारीका सेवासुविधाका विषय बजेटमा छुट्नुभएन : सांसद दाहाल
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद (राष्ट्रिय सभा) नारायण दाहालले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषय बजेटमा छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमकाे १२७ नम्बर बुँदामा उल्लेखित भएको तर बजेटमा उल्लेख नभएको भन्दै बिहीबार सांसद दाहालले बजेटमा समावेश गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘नीति तथा कार्यक्रमको १२७ नम्बर बुँदामा उल्लेखित सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवासुविधालगायतका विषयमा सम्बोधन गर्ने कुरा छुटेको छ । बजेटमा छुटाउन भएन ।’
देशभर विद्यालय कर्मचारीहरूको आन्दोलन जारी रहँदा उनीहरुको माग संसदसम्म पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ०७:१४