गर्मी
‘अझै केही दिन तापक्रम घट्दैन, सचेत रहनू’
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जनाएको छ ।
गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू–भागहरूमा तातो हावा लू चलिरहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अत्यधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सचेत तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गर्मी बढेपछि तराईका कतिपय जिल्लामा स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ०६:४२