कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ

काठमाडौं— नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनीत भएकी छिन् ।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार बिहीबार उनलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
समानुपातिकतर्फबाट सांसद भएकी उनी सिन्धुलीकी हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १९:१६