शिक्षा तथा मानव स्रोत विकास केन्द्रले किन पठायो ७७ वटै इकाईलाई पत्र ?

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले कार्यक्रमको विवरण पेस गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ । उक्त शाखाले २२ जेठकाे निर्णयअनुसार पत्र पठाएको हो ।
अर्थ मन्त्रालयको चलानी नम्बर ४२१ रहेकाे २०७९ साल १७ माघको पत्रअनुसार रोक्का रहेका कार्यक्रम फुकुवा गर्ने प्रयोजनका लागि आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत कार्यक्रमहरू मध्ये २०८० साल १७ माघसम्म सञ्चालन भएका कार्यक्रममा दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेका कार्यक्रमहरूको विवरण पठाउन केन्द्रले अनुरोध गरेको छ ।
हेर्नुहोस् पत्र
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १९:०५
साताको लोकप्रिय