News Griha :: न्यूजगृह
धुम्बाराहीमा एउटा कारले ३ मोटरसाइकल र स्कुटरलाई दियो ठक्कर

काठमाडौं— काठमाडौंको धुम्बाराहीमा बिहीबार दिउँसो ४ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले दिउँसो सवा २ बजेतिर एउटा कारले ३ वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको बताए ।

उनका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् । तीमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अन्यलाई ह्याम्स अस्पताल लगिएको छ ।

दुर्घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:००
Weather Update