News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
फ्रान्समा छ अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

पेरिस— फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि छुरी आक्रमण भएको छ । 

बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले  एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै सुरक्षा स्रोतले एएफपीलाई बताएको छ । आक्रमणकारीलाई पक्राउ गरिएको छ । 

Prabhu Bank

आक्रमणमा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको सुरक्षा स्रोतले बताएको छ ।

प्रधानमन्त्री एलिजाबेथ बोर्न आक्रमणबारे जानकारी लिन र त्यहाँको वस्तुस्थिति बुझ्न घटनास्थल जाने तयारीमा छन् । फ्रान्सेली सञ्चारमाध्यममा आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसद्का सदस्य एक मिनेट मौन भएका थिए । 

आक्रमणकारी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । 

यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोनले आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:०३
sagarmatha cementsagarmatha cement
Weather Update