News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लिङ्देनको प्रश्न : एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अर्कोले कुन आधारमा प्रमाणीकरण गरेको ? 
Prabhu Bank

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले त्यसको कारण खोल्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रपति भन्ने व्यक्ति नभइ संस्था भएको भन्दै कुन आधारमा एउटा राष्ट्रपतिले रोकेको विधेयक अर्कोले प्रमाणीकरण गरेको हो जवाफ दिनुपर्ने बताए । 

उनले भने, ‘राष्ट्रपति भन्ने व्यक्ति होइन, संस्था हो । एउटा राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्दा के आधारमा गरियो भन्ने कुरा जवाफ चाहिन्छ संसद्लाई, यो संसद्को बुझ्न पाउने अधिकारको कुरा हो । यसको बारेमा संसद् र आमजनताले जान्न पाउनुपर्छ भन्ने कुरा हामी निरन्तर लागिरहेका छौँ, यो भोटको कुरा होइन ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:५६
sagarmatha cementsagarmatha cement
Weather Update