News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीकारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए । 

Prabhu Bank

जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिव भन्दा माथिल्लोस्तरका अधिकृत बैठकमा उपस्थित भइ अनिवार्य रूपमा नोट गर्न पनि निर्देशन दिए । 

‘आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुवैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक हुँदैन । मन्त्रीको उपस्थिति नभए बैठक नचल्ने विगतको परम्परा पनि हो । त्यसैले म सरकार र अर्थमन्त्रालय र अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष तिमिल्सिनाले भने । 

बैठकमा बोलेको विषय नोट नगरी कसरी जवाफ दिन सकिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले अनिवार्य रूपमा बसेर सबै रिपोर्ट टिपोट गर्ने व्यवस्था गर्न ध्यानाकर्षरण गराए ।  

सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रिय सभाको नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे । उनले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यो विषयलाई उठाएको स्मरण गराए । रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:४०
sagarmatha cementsagarmatha cement
Weather Update