News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सांसद मेटमणि चौधरीको चिन्ता : प्लस टू पास गर्ने विद्यार्थी बाहिर जान्छु भन्छन् 
फाइल तस्बिर ।

काठमाडौं— एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले प्लस टू पास गरेका विद्यार्थीहरूलाई देशमै रोक्न नसकेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभामा बजेटमाथि भएको छलफलमा सांसद चौधरीले नेपालको शिक्षा क्षेत्र कमजोर अवस्थामा पुगेको चिन्ता व्यक्त गरे ।

Prabhu Bank

‘नेपालको शिक्षा क्षेत्र धेरै कमजोर अवस्थामा पुगिसकेको छ,’ उनले भने, ‘अझ प्ल टू पास गरेको जोसुकैलाई सोध्नुहोस् बाहिर जान्छु भन्छ । अष्ट्रेलिया जान्छु, यूके जान्छु भन्छ ।’ उनले ती विद्यार्थीहरूलाई स्वदेशमै रोक्न सरकारले नीति बनाउन आवश्यक रहेको बताए । 

‘हाम्रा विद्यार्थीहरूलाई ब्याचलर लेभलसम्म कसरी राख्न सक्छौँ ? यो विषयमा हामीले एउटा नीति बनाएर अगाडि जानुपर्छ,’ चौधरीले थपे, ‘सरकारले १० कक्षासम्म निःशुल्क भनेर घोषणा गरेको छ । तर, प्लस टूमा हाम्रो कुनै प्रतिक्रिया छैन ।’ 

प्लस टू अध्यापन गर्ने शिक्षकहरूको व्यवस्थापन गरे पनि उनीहरूलाई सरकारले जवाफदेही बनाउन नसकेको उनको भनाइ छ । यसलाई सरकारको जवाफदेहीताभित्र ल्याउनुपर्ने उनले बताए ।

यस्तै, सांसद चौधरीले बजेटलाई सरकारको घोषणा पत्रको रूपमा व्याख्या गर्ने काम भइरहेको तर, यसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा के प्रभाव पार्छ भन्ने विषयमा छलफल नभएको बताएका छन् ।

‘यो धेरै महत्वपूर्ण विषय हो,’ उनले भने, ‘यो नेपालको आर्थिक समाजलाई सकरात्मक÷नकरात्मक रूपमा कतिको प्रभाव पार्छ ? त्यसमा छलफल गर्नुपर्छ । जुन हामी सकिरहेका छैनौँ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:०६
sagarmatha cementsagarmatha cement
Weather Update