काठमाडौं— नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सभाको शुक्रबारको बैठक बहिष्कार गर्ने भएको छ ।
प्रदेश सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । आफूहरूको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:५२