लुम्बिनी प्रदेशको पहिलो केबलकार, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् ।
केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री रूपन्देही पुगेका थिए । बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी प्रचण्डले केबलकारको औपचारिक उद्घाटन गरेका हुन् ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका– ३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १२:३९