News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बागमतीमा २२ अर्ब बग्यो, अझै कति बगाउने ? : सांसद निशा डाँगी 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद निशा डाँगीले नेपाली राजनीति बागमतीजस्तै प्रदूषित भएको बताएकी छन् । 

बिहीबार प्रतिनिधि सभामा सांसद डाँगीले भनिन्, ‘बागमतीलगायत अन्य नदीहरू शहरको दुर्दशा मात्र होइन, काठमाडौं उपत्यकाको साझा अनुहार हो । यसले नेपाली राजनीतिकै अनुहार चित्रण गर्छ, जसलाई सङ्लो बनाउन निकै कठिन छ इमानदारिता नभएर ।’ 

Prabhu Bank

उनले बागमती सफाइको नाममा हालसम्म झण्डै २२ अर्ब बागमतीमा बगिसकेको उल्लेख गरिन् । नदी सफाइका लागि बर्सेनि २ अर्बभन्दा बढी खर्च भएपनि परिणाम ननिस्किएको उनको भनाइ छ ।  

‘बागमती र अन्य नदीको नाममा अझै कति वर्ष राजनीति र पैसा बगाउने काम हुन्छ हाम्रो देशमा ?,’ उनको प्रश्न छ । 

खानेपानी ऐनमा मलमुत्र खोलामा मिसाए तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच लाख जरिबानाको प्रावधान भएपनि कार्यान्वयन नभएको उनको गुनासो छ । ‘यो दण्ड जरिबानाको भागिदार को हो ? ढल व्यवस्थापनको जिम्मा लिएका स्थानीय तह, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति कि स्वयं स्थानीय,’ उनले आक्रोश पोखिन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:०६
sagarmatha cementsagarmatha cement
Weather Update