सरकारसँग रुष्ट निर्वाचन आयोगले राजनीतिकदलहरूसँग छलफल गर्दै

काठमाडौं— निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।
छलफल शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बजेट भाषणमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत राख्ने उल्लेख गरेको थियो । यसपछि आयोग सरकारसँग रुष्ट छन् ।
छलफल नै नगरी सरकारले बजेटमार्फत सञ्चालनमा रहेका संरचना खारेजी गर्ने निर्णय गरेको भन्दै आयोगले यसअघि पनि विज्ञप्तिमार्फत विरोध गरेको थियो । संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामाथि गम्भीर प्रश्न उठेको भन्दै अयोग पदाधिकारीहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै सरकारको ध्यानाकर्षण पनि गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १०:५०